अक्षरयात्राको २०१औं शृङ्खला मुक्तक मञ्चमा - मुक्तक मञ्च

नयाँ सामग्री

Post Top Ad


 


Saturday, August 5, 2023

अक्षरयात्राको २०१औं शृङ्खला मुक्तक मञ्चमा

लक्ष्मण थापा

पोखरा । “ जीवन र जगतको लागि अक्षरयात्रा” भन्ने अक्षरयात्रा कार्यक्रमको नारा हो र यो नारामा जीवन र जगतलाई मिहीन तरिकाले बुझ्ने आशय रहेको छ । एकप्रकारले भन्ने हो भनें यो दर्शन पनि हो । जस्लाई शिरोपर गरेर पोखरेली अक्षरयात्रीहरु महिनाको तेस्रो शनिवार बिभिन्न स्थानमा जान्छन् । त्यो ठाउँको भूगोल, इतिहास, संस्कृति, रीतिरिवाज, जनजीवन र प्रकृतिको अवलोकन गरेर कविता, मुक्तक, गीत, गजल, हाइकु आदि सिर्जना गरेर आँफुहरु र स्थानीय मुमुक्षुहरुलाई सुनाएर फर्कन्छन् ।

२०६२ सालको असार महिनादेखि अविच्छिन्न रुपमा संचालित यो कार्यक्रमको २०१औं श्रृंखला पोखरा-६, बैदाम, खहरेमा अवस्थित पुस्तकालयमा सम्पन्न भयो । पुस्तकालय मुक्तक मन्च, केन्द्रीय कार्यालय पोखराले स्थापना गरेको र खहरे टोल बिकाश संस्था समेतको व्यवस्थापनमा संचालित छ । कार्यक्रमको स्थानीय व्यवस्थापन मुक्तक मन्चले गरे पनि खहरे आमा समूहको पनि सहयोग र सहभागिता रह्यो । नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नेपाली लेखक संघ, कास्कीका अध्यक्ष रीता अधिकारी ऋतु, अमृत क्षेत्री, मुक्तक मन्च, काठमाण्डू शाखाका उपाध्यक्ष वसन्त विवस, रविन ढकाल, भावना रानाभाट, श्रीराम अधिकारी गोर्जे, लक्ष्मण गौतम “हिमाली”, ढाकामोहन अधिकारी, खहरे आमा समूहकी अध्यक्ष शान्ति पहारी, अक्षरयात्राका परिकल्पनाकार मध्यका एक लक्ष्मण थापा लगायतले आ-आफ्ना सिर्जना एवं शुभकामना व्यक्त गरेका थिए । मुक्तक मन्चका अध्यक्ष रामजीप्रसाद आचार्य तथा गजलसन्ध्याका उपाध्यक्ष सूरज उपाध्यायको संयुक्त समापतित्वमा भएको कार्यक्रमको संचालन माधव खतिवडाले गरेका थिए ।






No comments:

Post a Comment

Post Top Ad