विशेष मुक्तक वाचनमा नवपुस्ता (फोटो फिचर) - मुक्तक मञ्च

नयाँ सामग्री

Post Top Ad


 


Sunday, August 13, 2023

विशेष मुक्तक वाचनमा नवपुस्ता (फोटो फिचर)

 पोखरा । नवपुस्तालाई प्रोत्साहन गर्ने मुल उद्देश्यका साथ मुक्तक मञ्च केन्द्रीय समितिले १८३ औँ नियमित वाचनको शृङ्खलालाई विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

हरेक महिनाको अन्तिम शनिबारमा नियमित मुक्तक वाचन हुने गरेकोमा यस पटक भने मुक्तक मञ्चले विशेष मुक्तक वाचनमा नवपुस्ता कार्यक्रम राखेको हो ।

कार्यक्रममा विशेष वाचकहरू विवेक अधिकारी, अनुष्का पौडेल , गौरव ढुङ्गाना, सुसन पौडेल, उषा गुरुङ, बिना बराल, क्रिसला पोख्रेल, सन्देश पौडेल, सुजितप्रसाद कुशवाहा र बिना ढुङ्गानाले चोटिला मुक्तक वाचन गरेका थिए ।

मुक्तक मञ्चका केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा  डा. इश्वरमणि अधिकारी, पोखरा प्रज्ञा प्रतिष्ठानकी सदस्य सरस्वती श्रेष्ठ (सरू), कवि लक्ष्मी थापा, कवि इन्द्र राना प्रतीकलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा वाचकहरुले मुक्तकलाई पहिलो र दोश्रो चरण गर्दै श्रोताहरुलाई मनोरञ्जन दिएका थिए । त्यसै गरी कार्यक्रमको अन्तिममा मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले नयाँ पुस्ताका विशेष वाचकलाई मुक्तक लेखनको यात्रा थप शशक्त बनाउनका लागि शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव नवीन भण्डारी र सह-सचिव श्रद्धा आचार्यले गरेका थिए भने स्वागत मन्तव्य व. उपाध्यक्ष श्रीराम अघिकारी ‘गोर्जे’ले राखेका थिए ।






















No comments:

Post a Comment

Post Top Ad