August 2023 - मुक्तक मञ्च

नयाँ सामग्री

Post Top Ad


 


Sunday, August 13, 2023

विशेष मुक्तक वाचनमा नवपुस्ता (फोटो फिचर)

August 13, 2023 0

 पोखरा । नवपुस्तालाई प्रोत्साहन गर्ने मुल उद्देश्यका साथ मुक्तक मञ्च केन्द्रीय समितिले १८३ औँ नियमित वाचनको शृङ्खलालाई विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

हरेक महिनाको अन्तिम शनिबारमा नियमित मुक्तक वाचन हुने गरेकोमा यस पटक भने मुक्तक मञ्चले विशेष मुक्तक वाचनमा नवपुस्ता कार्यक्रम राखेको हो ।

कार्यक्रममा विशेष वाचकहरू विवेक अधिकारी, अनुष्का पौडेल , गौरव ढुङ्गाना, सुसन पौडेल, उषा गुरुङ, बिना बराल, क्रिसला पोख्रेल, सन्देश पौडेल, सुजितप्रसाद कुशवाहा र बिना ढुङ्गानाले चोटिला मुक्तक वाचन गरेका थिए ।

मुक्तक मञ्चका केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा  डा. इश्वरमणि अधिकारी, पोखरा प्रज्ञा प्रतिष्ठानकी सदस्य सरस्वती श्रेष्ठ (सरू), कवि लक्ष्मी थापा, कवि इन्द्र राना प्रतीकलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा वाचकहरुले मुक्तकलाई पहिलो र दोश्रो चरण गर्दै श्रोताहरुलाई मनोरञ्जन दिएका थिए । त्यसै गरी कार्यक्रमको अन्तिममा मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले नयाँ पुस्ताका विशेष वाचकलाई मुक्तक लेखनको यात्रा थप शशक्त बनाउनका लागि शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव नवीन भण्डारी र सह-सचिव श्रद्धा आचार्यले गरेका थिए भने स्वागत मन्तव्य व. उपाध्यक्ष श्रीराम अघिकारी ‘गोर्जे’ले राखेका थिए ।






















पूरा पढ्नुहोस्>>>>

Saturday, August 5, 2023

मुक्तक मञ्च मकवानपुरको पहिलो वार्षिक उत्सव तथा छैटौं मुक्तक वाचन शृङ्खला

अक्षरयात्राको २०१औं शृङ्खला मुक्तक मञ्चमा

August 05, 2023 0

लक्ष्मण थापा

पोखरा । “ जीवन र जगतको लागि अक्षरयात्रा” भन्ने अक्षरयात्रा कार्यक्रमको नारा हो र यो नारामा जीवन र जगतलाई मिहीन तरिकाले बुझ्ने आशय रहेको छ । एकप्रकारले भन्ने हो भनें यो दर्शन पनि हो । जस्लाई शिरोपर गरेर पोखरेली अक्षरयात्रीहरु महिनाको तेस्रो शनिवार बिभिन्न स्थानमा जान्छन् । त्यो ठाउँको भूगोल, इतिहास, संस्कृति, रीतिरिवाज, जनजीवन र प्रकृतिको अवलोकन गरेर कविता, मुक्तक, गीत, गजल, हाइकु आदि सिर्जना गरेर आँफुहरु र स्थानीय मुमुक्षुहरुलाई सुनाएर फर्कन्छन् ।

२०६२ सालको असार महिनादेखि अविच्छिन्न रुपमा संचालित यो कार्यक्रमको २०१औं श्रृंखला पोखरा-६, बैदाम, खहरेमा अवस्थित पुस्तकालयमा सम्पन्न भयो । पुस्तकालय मुक्तक मन्च, केन्द्रीय कार्यालय पोखराले स्थापना गरेको र खहरे टोल बिकाश संस्था समेतको व्यवस्थापनमा संचालित छ । कार्यक्रमको स्थानीय व्यवस्थापन मुक्तक मन्चले गरे पनि खहरे आमा समूहको पनि सहयोग र सहभागिता रह्यो । नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नेपाली लेखक संघ, कास्कीका अध्यक्ष रीता अधिकारी ऋतु, अमृत क्षेत्री, मुक्तक मन्च, काठमाण्डू शाखाका उपाध्यक्ष वसन्त विवस, रविन ढकाल, भावना रानाभाट, श्रीराम अधिकारी गोर्जे, लक्ष्मण गौतम “हिमाली”, ढाकामोहन अधिकारी, खहरे आमा समूहकी अध्यक्ष शान्ति पहारी, अक्षरयात्राका परिकल्पनाकार मध्यका एक लक्ष्मण थापा लगायतले आ-आफ्ना सिर्जना एवं शुभकामना व्यक्त गरेका थिए । मुक्तक मन्चका अध्यक्ष रामजीप्रसाद आचार्य तथा गजलसन्ध्याका उपाध्यक्ष सूरज उपाध्यायको संयुक्त समापतित्वमा भएको कार्यक्रमको संचालन माधव खतिवडाले गरेका थिए ।






पूरा पढ्नुहोस्>>>>

पोखरामा 'मुक्तक महोत्सव' सुरु

August 05, 2023 0
पोखरामा 'मुक्तक महोत्सव' सुरु - MusicKhabar.com: Nepal's No. 1 Musical Newspaper पोखरामा 'मुक्तक महोत्सव' सुरु: पोखरामा बिहीबारदेखि मुक्तक महोत्सव २०७४ सुरु भएको छ । मुक्तक मञ्च पोखराले रोट¥याक्ट क्लब अफ् हेमजासँगको सहकार्यमा मुक्तक गोष्ठी सम्पन्न भएको छ ।


पूरा पढ्नुहोस्>>>>

प्राज्ञ सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार

राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

August 05, 2023 0
राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई: १२ चैत, पोखरा । मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ । मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पपविराम पदेन सदस्य रहेका प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार […]


पूरा पढ्नुहोस्>>>>

पोखरेली साहित्यकार घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार

August 05, 2023 0
पोखरेली साहित्यकार घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार: पोखरा – पोखराका अग्रज साहित्यकार तेजनाथ घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान गरिएको छ । शनिबार घिमिरेकै निवास पोखरा–३, नदीपुरमा आयोजना गरिएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति, साहित्यकार सरुभक्तले नगद २२ हजार २२२ रुपैयाँ, दोसल्ला र ताम्रपत्रसहितको पुरस्कार घिमिरेलाई प्रदान गरे । साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित पुरस्कार मुक्तक मञ्च पोखराले हरेक २ वर्षमा […]


पूरा पढ्नुहोस्>>>>

Post Top Ad