मुक्तक मञ्च

नयाँ सामग्री

Post Top Ad


 


Wednesday, September 4, 2024

तिज विशेष मुक्तक वाचन कार्यक्रम पोखरामा सम्पन्न

September 04, 2024 0
पोखरा,
२०८१ भाद्र १९ गते 
मुक्तक मञ्च कास्की शाखाको तिज विशेष मुक्तक वाचन कार्यक्रम बुधबार सम्पन्न गरेको छ । 

कार्यक्रममा 
विपना हमाल
सुस्मा अधिकारी
करण कपुर खनाल
विना ढुङ्गाना
माधव सुवेदी
विजय सापकोटा र नितिन कुवॅरले आफ्ना उत्कृष्ट मुक्तक वाचन गरेका थिए । 
विना ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चानक सुस्मा अधिकारीले गरेकि थिइन् । 
मेरो शृष्टिको पबित्र सिर अनि कोमल चरण तिमी हौ ।
मेरो ब्रम्हान्डमा सम्पुर्ण भौतिकताको बरण तिमी हौ ।  
भैगो छोद्दौ यो स्वास्प्रस्वास अनि रत्तसन्चारका कुरा।
मेरो स्वास अनि मुटु चल्नुको खास कारण तिमी हौ ।
                                      ✍️ विपना हमाल
मुक्तक मञ्च कास्की शाखा



पूरा पढ्नुहोस्>>>>

Monday, August 12, 2024

नियमित मुक्तक वाचन कार्यक्रमको १९५ औँ शृङ्खला सम्पन्न

August 12, 2024 0
मुक्तक मञ्च केन्द्रीय समितिले हरेक महिनाको अन्तिम शनिवार नियमित मुक्तक वाचन कार्यक्रम गर्दै आएको छ । "मुक्तकको उत्थान, हाम्रो अभियान" भन्ने मूल उद्धोषलाई आत्मसाथ गर्दै, सञ्चालित नियमित वाचनको १९५ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । 
पूरा पढ्नुहोस्>>>>

Monday, July 29, 2024

विशेष मुक्तक वाचन कार्यक्रम सम्पन्न

July 29, 2024 0
पोखरा
आषाढ १५ गते शनिवार 
मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूल उद्धोषलाई आत्मसाथ गर्दै विगत लामो समय देखि कृयाशील संस्था मुक्तक मञ्च कास्की शाखाको विशेष मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । 

 रोल्सपाबाट सम्फा घर्ती, लमजुङबाट रामकुमार श्रेष्ठ 'फुच्चे', स्याङ्जाबाट करणकपुर खनाल, कास्कीबाट विना ढुङ्गाना र अछामबाट नितिन कुवॅरले मुक्तक सुनाएका थिए ।

कार्यक्रमको सभापतित्व दिपकराज अधिकारीले गर्नु भएको  उक्त कार्यक्रम माधव सुवेदीले सञ्चालन एवम् राजन अधिकारीले स्वागत मन्तव्य राखेका थिए । 
पूरा पढ्नुहोस्>>>>

Tuesday, July 23, 2024

नारी विशेष मुक्तक वाचन कार्यक्रम सम्पन्न

July 23, 2024 0
पोखरा
आषाढ १५ गते शनिवार 
मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूल उद्धोषलाई आत्मसाथ गर्दै विगत लामो समय देखि कृयाशील संस्था मुक्तक मञ्च कास्की शाखाको नारी विशेष मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । 

 मुक्तककार विपना हमाल, समिक्षा पुरी, सस्मिता सस्मी, सिचु सारू मगर, अमृता पौडेल, सृजना सुवेदी, प्रतिक्षा लामिछाने र उषा गुरूङले दही-चिउरा खादै मुक्तक सुनाएका थिए । 
मुक्तक मञ्च कास्की शाखाकी कार्यवाहक अध्यक्ष विना ढुङ्गानाको अध्यक्षतामा भएको उक्त कार्यक्रम सुस्मा अधिकारीले सञ्चालन एवम् माधव सुवेदीले स्वागत मन्तव्य राखेका थिए । 
पूरा पढ्नुहोस्>>>>

Sunday, July 14, 2024

Sunday, November 19, 2023

मुक्तक मञ्चद्वारा ‘सरुभक्तका मुक्तक’ लोकार्पण

November 19, 2023 0

 


पोखरा, मङ्सिर ३ गते  ।

हित्यकार सरुभक्तका ५ ओटा मुक्तक सङ्ग्रहलाई एउटै कृतिभित्र समेटेर प्रकाशन गरिएको छ । यसअघि प्रकाशित ३ ओटा तथा नयाँ २ ओटा मुक्तक सङ्ग्रह समेटिएको ‘सरुभक्तका मुक्तक’ नामक कृति आइतबार पोखरामा लोकार्पण गरियो ।

आयोजक मुक्तक मञ्च, केन्द्रीय समितिका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ ले कृतिको लोकार्पण गरे । कृति नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाले प्रकाशन गरेको हो । सरुभक्तका दार्शनिक मुक्तकहरूले आफूलाई आकर्षण गर्ने गरेको वात्स्यायनले बताए । निरन्तर साधना र अध्ययनले सरुभक्तलाई आजको सरुभक्त बनाएको भन्दै उनले पोखरा मात्र नभई सिङ्गो नेपाली साहित्यकै गौरव गर्नलायक साहित्यकारका रूपमा आफूले सरुभक्तलाई चिनेको बताए ।

सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ नामक मुक्तक सङ्ग्रह वि. सं. २०३५ मा प्रकाशन भएको थियो । पोखराकै पहिलो मुक्तक सङ्ग्रहका रूपमा परिचित उक्त कृतिसँगै हजार बुद्धहरू (२०६१) र प्रेमयात्रा (२०६७) सहित पूर्व प्रकाशित ३ कृति र ‘जीवनयात्रा’ र ‘समययात्रा’ गरी दुई नयाँ कृति सो पुस्तकमा समावेश गरिएका छन् । मुक्तककार सरुभक्तले मुक्तकसँगको आफ्नो सम्बन्ध गाढा भएको भन्दै अब मुक्तकले नै लेखाउने अवस्थामा पुगेको अनुभव सुनाए । भने, ‘लेख्दिनँ भन्छु तर मुक्तकले नै मलाई मुक्तक लेखाउँछ ।’ उनले नेपालभरि मुक्तकसम्बन्धी अनेकौँ गतिविधि सञ्चालन हुँदै आएको बताउँदै आगामी दिनमा अन्तर्राष्ट्रिय मुक्तक गोष्ठी आयोजना गर्न मुक्तकसम्बन्धी संस्थाहरूसँग प्रस्ताव गरे । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तका यसअघि आख्यान, नाटक, कवितालगायतका झण्डै ४ दर्जन कृति प्रकाशित छन् ।



साहित्यकार तीर्थ श्रेष्ठले सरुभक्तका मुक्तकको विशाल सङ्कलन प्रकाशन हुनुलाई ‘ऐतिहासिक कार्य’को संज्ञा दिए । टिकटमा मुक्तक कार्यक्रम सुरु गर्दादेखि हालसम्मका मुक्तकहरूलाई एउटै सङ्ग्रहमा समेटेर प्रकाशन गरिनु समग्र नेपाली मुक्तक क्षेत्रकै गौरवको कुरा भएको उनको भनाइ थियो । उनले मुक्तक कसैले यही संरचनामा लेख भन्न नहुने बताउँदै त्यस्तो तानाशाही प्रवृत्तिलाई कसैले नमान्ने तर्क गरे ।

कृतिका सम्पादक डा. रूपक श्रेष्ठले सरुभक्त जस्तो दिग्गज स्रष्टाका मुक्तकहरूको सम्पादन गर्ने क्षमता आफूले नराख्ने बताउँदै आफू केवल सङ्कलक भएको धारणा राखे । उनले सरुभक्तका मुक्तकहरूको सङ्कलन प्रकाशन गरेर सरुभक्तको मुक्तक मात्रै प्रकाशन गरेको नभई सिङ्गो नेपाली मुक्तकको इतिहासको संरक्षण गर्ने प्रयास गरेको बताए । कृति प्रकाशनबाट प्राप्त रकमबाट मुक्तकसम्बन्धी पुरस्कार स्थापनाका लागि खर्चिने उनले जानकारी दिए ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले चार हरफको रचना भनेर मुक्तकप्रति नकारात्मक दृष्टि राख्नेप्रति असन्तोष व्यक्त गर्दै सिङ्गो महाकाव्यले दिन सक्ने भाव एउटै मुक्तकले दिन सक्ने जिकिर गरे । प्रतिष्ठानकै संस्थापक महासचिव रमेश पौडेलले सरुभक्त मुक्तक मन पराउनेहरूका लागि पवित्र धाम भएको बताए । पागल बस्ती नामक उपन्यासका लागि २०४८ को मदन पुरस्कार विजेता सरुभक्तले अन्य विधा लेख्न नजानेर मुक्तकमा लागिरहेका नभई मुक्तकप्रतिको लगाव र यसको शक्तिका कारण लेखिरहेको पौडेलको तर्क थियो ।  

नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरलेले स्वागत तथा सचिव नवीन भण्डारीले सञ्चालन गरेका कार्यक्रममा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले कृतिभित्रबाट केही मुक्तक वाचन गरेका थिए ।

पूरा पढ्नुहोस्>>>>

Sunday, August 13, 2023

विशेष मुक्तक वाचनमा नवपुस्ता (फोटो फिचर)

August 13, 2023 0

 पोखरा । नवपुस्तालाई प्रोत्साहन गर्ने मुल उद्देश्यका साथ मुक्तक मञ्च केन्द्रीय समितिले १८३ औँ नियमित वाचनको शृङ्खलालाई विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

हरेक महिनाको अन्तिम शनिबारमा नियमित मुक्तक वाचन हुने गरेकोमा यस पटक भने मुक्तक मञ्चले विशेष मुक्तक वाचनमा नवपुस्ता कार्यक्रम राखेको हो ।

कार्यक्रममा विशेष वाचकहरू विवेक अधिकारी, अनुष्का पौडेल , गौरव ढुङ्गाना, सुसन पौडेल, उषा गुरुङ, बिना बराल, क्रिसला पोख्रेल, सन्देश पौडेल, सुजितप्रसाद कुशवाहा र बिना ढुङ्गानाले चोटिला मुक्तक वाचन गरेका थिए ।

मुक्तक मञ्चका केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा  डा. इश्वरमणि अधिकारी, पोखरा प्रज्ञा प्रतिष्ठानकी सदस्य सरस्वती श्रेष्ठ (सरू), कवि लक्ष्मी थापा, कवि इन्द्र राना प्रतीकलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा वाचकहरुले मुक्तकलाई पहिलो र दोश्रो चरण गर्दै श्रोताहरुलाई मनोरञ्जन दिएका थिए । त्यसै गरी कार्यक्रमको अन्तिममा मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले नयाँ पुस्ताका विशेष वाचकलाई मुक्तक लेखनको यात्रा थप शशक्त बनाउनका लागि शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव नवीन भण्डारी र सह-सचिव श्रद्धा आचार्यले गरेका थिए भने स्वागत मन्तव्य व. उपाध्यक्ष श्रीराम अघिकारी ‘गोर्जे’ले राखेका थिए ।






















पूरा पढ्नुहोस्>>>>

Post Top Ad